पञ्चायत र शाही शासनमा पनि नझुकेको न्यायालयले ध्वस्त भएको संविधान जोगाउनुपर्छः टीकाराम भट्टराई

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधान करिब–करिब ध्वस्त भएको भन्दै यसलाई न्यायपालिकाले बचाउनुपर्ने बताएका छन् । उनले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही शासन र पञ्चायतकालमा समेत न्यायालय नझुकेको स्मरण गर्दै अहिलेको परिस्थितिमा करिब करिब ध्वस्त भएको संविधान न्यायालयले बचाउनुपर्ने बताए ।प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस गर्दै भट्टराईले कार्यपालिकाले न्यायमा अवरोध गर्न नपाउने पनि स्पष्ट गरे । ‘न्यायपालिका र संविधानलाई जहाँ लान खोजिँदै छ, अहिले त्यो पूर्वाभ्यास हुँदैछ’, उन