काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी तीन महिनाभित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने बताएका छन्। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन्। लामो समयदेखि चर्चामा रहेको विमानस्थलको काम तीव्र गतिमा भएको बताउँदै मन्त्री आलेले सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। जनवरी २०२२ भित्र उडानको तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए।&nb