यार्सागुम्बाको उर्वर क्षेत्र संरक्षण गर्ने हाम्रो उद्देश्य छ : मन्त्री बडू

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमसहित देश भरीमा हिमाली जिल्लामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाका उर्वर क्षेत्रलाई संरक्षण गर्ने मन्त्रालयको उद्देश्य रहेको बताएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मार्मा गाउँपालिकाबीच भएको ‘निजी क्षेत्रको सहभागितामा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रस्थित लटिनाथ, मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना’ गर्न सहयोग आदानप्रदानसम्बन्धी […]

सम्बन्धित सामग्री

स्वदेशी वस्तु उत्पादनका लागि १० वर्षे अभियान सुरु गर्दैछौं : मन्त्री बडू

स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।  मेक इन नेपाल–स्वदेशी समिट २०२२ मा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । ‘दश वर्षका लागि एउटा अभियान चलाउँ र स्वदेशभित्र आत्मनिर्भर भएर निर्यात पनि गर्ने उद्देश्य राखौं,’ मन्त्री बडूले भने, ‘स्वदेशी वस्तु उत्पादन र खपत दशकका रुपमा २०७९ देखि २०८९ सम्म अभियान चलाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय राख्ने सरकारको तयारी छ ।’