नेपाल टेलिकमको भीओएलटीइ सेवा सुरू

नेपाल टेलिकमले १८औं वार्षिकोत्सवको उपलक्षमा शनिबारदेखि भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) सेवाको व्यावसायिक सुरूवात गरेको छ ।टेलिकमले फोरजी जीएसएम प्रिपेड तथा पोष्टपेड दुवै नेटवर्कमा भीओएलटीइ एकैसाथ परीक्षणका साथै अहिले व्यावसायिक सुरुवात गरेको जनाएको छ । सेवा उपलब्ध भएसँगै भ्वाइस कलमा हाइ डेभिनेसन स्तर एवं फोन डायल गर्नासाथ सम्पर्क स्थापित हुने टेलिकमको दाबी छ । […]