किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन तर्जुमा गरिने

काठमाण्डाै - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन बनाउन जुटेको छ ।  गुठी–मोहीहरूको हितमा सबैका धर्म, संस्कार र संस्कृतिको रक्षा हुने गरी गुठीसम्बन्धी कानुन बनाउन मन्त्रालयले सरोकारवालासँग छलफल सुरु गरेको हो । मन्त्रालयले मुक्त हलिया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधि गुठी संस्थानका पदाधिकारी, कानुनका जानकार र संस्कृतिविज्ञसँग छलफल सुरु गरेको छ । नेपालको ६८ जिल्लामा गुठी जग्गा छन् । पहाडतर्फ रैतानी, अधिनस्थ र तैनाथी गरी पाँच लाख ६१ हजार ९९० रोपनी, ...