जथाभावी सडक निर्माण गर्दा प्यूठानका बस्ती जोखिममा

प्यूठान । जथाभावी सडक निर्माण गर्दा प्युठान नगरपालिकाका वडा नम्बर ९ र १० को बजार तथा बस्ती जोखिममा परेको छ । मल्लरानीबाट अर्घाखाँची जोड्ने सडक निर्माणका क्रममा खनेको माटो जथाभावी फाल्दा बस्ती जोखिममा परेको हो । प्युठान नगरपालिका– १० का दान बहादुर जिसी गत साउन ४ गते परेको पानीका कारण स्थानीय घुस्वाङ खोलामा आएको बाढीले […]

सम्बन्धित सामग्री

पहिरोबाट बस्ती बचाइदिन उम्मेदवारसँग मतदाताको आग्रह

सुर्खेत : जाजरकोट बारेकोट –४ का रमिता बस्नेतले गाउँको तलबाट गएको पहिरोका कारण मैना बस्तीमा क्षति पुग्न लागेको भन्दै बचाइदिन प्रतिनिधिसभा उम्मेदवार शक्तिबहादुर बस्नेतसँग आग्रह गरिन्। बर्सेनी खोलाको कटानका कारण मैनागाउँका ५० भन्दा बढी घरमा जोखिम निम्तिएको भन्दै रमिताले बस्नेतसँग अनुरोध गरेकी हुन्। सडक निर्माण गर्दा आएको माटोले यहाँको बस्ती नै जोखिममा परेको उनको गुनासो छ। जाजरकोट–जुम्ला सडकको बिचमा पर्ने यो गाउँ लगायत बारेकोटका अधिकांश ठाउँमा सडकका कारण बस्ती जोखिममा परेप

पिपल चौर पहिरोको उच्च जोखिममा

सुर्खेत ः जाजरकोट नलगाड नगरपालिका ४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परेको दिन रातभर सुत्न पाउँदिनन्। पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौँ रावलले भने, ‘पहिरोले बस्ती नै जोखिममा छ। बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो।'पहिरो तथा खहरे खोलाको कटानले गर्दा पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताएका छन्। कालीमाटी सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा  परेको गौतमको भनाई

ग्रामीण सडक निर्माणले बस्ती जोखिममा

सिमकोट – समुदायको विकासका लागि मुख्य मेरुदण्ड मानिने सडक निर्माणले ग्रामीण बस्ती जोखिममा परेका छन्। बस्तीमा हुन सक्ने जोखिमलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिरोको जोखिमको सम्भावना बढेको हो। ताँजाकोट–१ को काँडगाउँका स्थानीय हिक्मतजंग खड्काले तीन वटाभन्दा बढी बस्ती जथाभावी ग्रामीण सडक निर्माण कार्यले जोखिममा परेको जानकारी दिए। उनले विकासका […]

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो, बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो,’ उनले भने । आगामी दशैंसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् । आइतवारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्‍याएको थियो । बाढीले ठूलो क्षति पु¥याएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोवास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं, करोडौं रुपैयाँ लगानी भइसक्यो । तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ,’ उनले भने । गत शुुक्रवारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौं रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सोमवार बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुंगे पुलमा १५ क्षति भएको छ । रासस