काठमाण्डाै – रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएकाे छ ।
आज शुक्रवार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीकाे इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि आफैँले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको हाे ।
‘कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने ...