६ माघ, विराटनगर । प्रदेशसभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेस प्रदेश–१ को संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मुख्यमन्त्री शेरधन राई विरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबारदेखि सुरु हुने अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । यो छलफलमा निर्णायक भूमिका भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको हुनेछ […]