विक्रम सिंह बिष्ट/दार्चुला, हाल कुवेत ।
वैदेशिक रोजगारीका अनेक विषयलाई लिएर नेपालमा अनेक तर्क वितर्क चल्छन् । यस्ता तर्क वितर्क गरिरहँदा केही मानिसहरु आफूहरुलाई अथाह बौद्धिक ठान्छन् । उनीहरुलाई लाग्छ, आफूमा जत्तिको खुबी अरु कसैमा छैन । आफ्नो कारणले अरुको भावनालाई चोट पुगेको उनीहरुलाई मतलब नै हुँदैन ।
हो, कोही बौद्धिक होलान् । कोही नहोलान् । बौद्धिक व्यक्तिप्रति हामी परदेशीहरुको मनमा सधैँ सम्मान रहिरह्यो । तर केही आफूलाई उपल्लो तहको बौद्धिक ठान्नेहरुले अरुको आत्मसम्मानमा चोट पुर्याएको देख्दा भने हामीहरुको मन ...