थप २ जनामा देखिएपछि हैजाका बिरामी पुगे २३ जना

काठमाडौं : काठमाडौं उपत्यकामा थप दुई जना हैजाका बिरामी भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले गए राति दुई जनामा हैजाको जीवाणु भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ।कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए। दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजाका बिरामीको संख्या २३ जना पुगेको छ।उनका अनुसार बालकको कागेश्वरी मन