सरकार ढाल्न खोज्नेविरुद्ध प्रतिकारमा उत्रिनुपर्छः ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् । जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक

सम्बन्धित सामग्री

निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत : ईश्वर पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ को धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भने, “पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो ।गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्