दाङको टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

तुलसीपुर : दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतवार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। ‘हामीले पहिलोपटक  विमानमा इन्धन रिफ्युल गर्‍यौँ’, उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ।’ शनिवारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि…

सम्बन्धित सामग्री

टरिगाउँ विमानस्थल : हप्तामा पाँच दिन उडान

दाङ – जिल्लाको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ। यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो। पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताए। हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न […]

टरिगाउँ विमानस्थल डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर अझै भएन रिफिल

तुलसीपुर : दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन। नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ।…

टरिगाउँ विमानस्थल निर्माणको लागि ५५ लाख विनियोजन

असोज १२, दाङ । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि रू. ५५ लाख बजेट विनियोजन गरिएको छ ।  राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जानकारी दिइएको छ ।  वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए । विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट विनियोजन हुन सकेको थिएन ।  बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन । विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन ।  त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ ।  यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उनको भनाइ छ । रासस

टरिगाउँमा नियमित हवाई सेवाका लागि इन्धन डिपो बनाउने निर्णय

दाङ, पुस १७ – तुलसीपुर उपमहानगरपालिकाले दाङको टरिगाउँ विमानस्थल सञ्चालन गर्न तत्कालका लागि नेपालगञ्जबाट इन्धन ल्याउने निर्णय गरेको छ ।  प्...