यहाँका स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ । ६ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ भने अन्य निर्माण कार्य जारी रहेको छ । विपद् पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गरिएको छ । यहाँ रहेका ७ गाउँपालिकामा १ वटा दरले र ३ नगरपालिकामा २ वटा दरले १३ वटा हेलिप्याड निमार्ण योजना भएकोमा अहिले ६ वटा निर्माण भएका छन् । नेपाली सेना सवुझ गणले स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड निर्माण गर्न थालेको सवुझ गणका गणपति प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेतले बताउनुभयो। उहाँका अनुसार यहाँ निर्माण गरिएका हेलिप्याड १५ डायमिटर हुने छन् । स्थानीय तहले समानको सहयोग गर्ने छ भने नेपाली सेनाले श्रमदान गर्ने छ ।