नेपाल पेमेन्ट सोलुसन्स–लुम्बिनी विकास बैंक सम्झौता

काठमाडौं (अस) । नेपाल पेमेन्ट सोलुसन्स्ले  डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग सहकार्य  सम्झौता गरेको छ । सम्झौतामा नेपाल पेमेन्ट सोलुसन्स् सीएक्सओ. प्रताप श्रेष्ठ तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास बैंकका डेपुटी सीईओ उमेश रेग्मी एवं आइटी र कार्ड प्रमुख विशल जोशीले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सबै सेवा उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराउनेछ ।