पर्यटन मन्त्रालयद्वारा स्याङ्जालाई ६ करोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने गरी ५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको हो ।जिल्लाका ११ पालिकामध्ये फेदीखोला गाउँपालिकाबाहेकका १० स्थानीय तहलाई ५३ योजना कार्यान्वयन गर्न उक्त रकम विनियोजन गरेको छ । […]