प्रदेश-२ मा माओवादी केन्द्रका चार सांसद बर्खास्त

महाेत्तरी - नेकपा माओवादी केन्द्रले प्रदेश-२ का चार जना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ । पार्टीले सोधिएको २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएको कारण प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरिएको हो । प्रदेशसभा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि चार जनाकै सांसद पद समेत गुमेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताउनुभयो । चारैजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएकाले सम्भवत: ...