फोहर व्यवस्थापनबारे सरकारको निर्णय कुर्दै मेयर फोरम

काठमाडौँ : काठमाडौं भ्याली मेयर्स फोरमले पुस १८ गते फोरमको छैटौँ बैठकले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गर्‍यो। जसअनुसार पुस २३ गते सोमबार उपत्यकाको फोहर व्यवस्थापनको जिम्मा सरकारलाई दिने निर्णयको पत्र औपचारिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझायो।निर्णय पेश गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले फोरमलाई भनेका थिए,‘नेपाल सरकार र नेपवेस्टबीच भएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी सम्झौताको कार