प्रधानमन्त्री देउवाको आग्रह पनि मानेनन् जोशीले

२१ कात्तिक, धनगढी । गृह जिल्ला डडेल्धुराको चार दिने बसाइँपछि धनगढी झरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेता, कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । आइतबार साँझदेखि धनगढीस्थित निजी निवासमा बसिरहेका कांग्रेस सभापति समेत रहेका देउवाले कैलाली कांग्रेसभित्रको असन्तुष्टिलाई केन्द्रमा राखेर भेटघाटलाई तीव्र बनाएका हुन् । देउवाले आइतबार बेलुकीदेखि नै असन्तुष्ट नेता, कार्यकर्ता तथा बागी उम्मेदवारी दिएकालाई बोलाएर […]