मोरङ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रवादको नारा लगाउनेहरुले जनतालाई कमजोर, त्रसित र डरको घेरामा राख्ने गरेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा आयोजित वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिकाबारेको सभामा महामन्त्री थापाले राष्ट्रवादी र देशभक्तको पहिचान गर्न आवश्यक भएको बताए। नक्कली राष्ट्रवादले पटक–पटक विभिन्न मुद्दा उठाएर मुलुकभित्रको एकतालाई खलबलाएको उनको आरोप छ। उनले भने, ‘राष्ट्रवादको नारा […]