वैदेशिक रोजगारी : फ्री भिसा फ्री टिकटको सरकारी नियम , सरदर एक लाख भन्दा बढी तिर्छन् श्रमिक

काठमाण्डौ – वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले चर्को शुल्क तिर्ने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले वैदेशिक रोजगारीमा गएका १५ सय ३९ जना श्रमिक माथि गरेको एक अध्ययनमा सरदर एक लाख भन्दा बढी रकम तिरेर वैदेशिक रोजगारीमा गएको देखिएको छ । जम्मा दुई प्रतिशतले श्रमिकले मात्र आफूले भर्ना प्रक्रियामा कुनै शुल्क तथा खर्चहरू तिर्नु नपरेको बताएका छन् । सरकारले वैदेशिक रोजगारीका जाने श्रमिकका लागि फ्री भिसा फ्री टिकटको नियम लागू गरेको छ । मलेसिया, यूएई लगायतका देशसँग त पछिल्लो समय शून्य ...