महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पूरक प्रश्न सोध्ने कि नसोध्ने भन्नेमा दलहरुबीच मतभिन्नता भएको छ । बिहान साढे ९ बजेदेखि सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा भइरहेको समितिको बैठकमा सत्तारुढ गठबन्धन दल र एमालेबीच मतभिन्नता भएको हो । महाभियोग अन्तर्गत सोधिएको ४३ मुख्य प्रश्न र अन्य सहायक प्रश्नमाथि राणाले गरेको बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने र थप पूरक प्रश्न गर्न एमालेले माग गरेको छ । यता सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओ