नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली टाउको दुखेर अस्वस्थ भएका छन् ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार अस्वस्थ भएपछि अत्यावश्यक बाहेकका भेटघाट बन्द गरिएको छ ।
केही दिनयता धेरै खटेकाले थकाइका कारण अध्यक्ष ओलीले केही अस्वस्थ जस्तो महसूस गरेको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओली शनिवार राष्ट्रिय सभागृहमा आयोजित महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्ने कार्यक्रम थियो । तर अस्वस्थ भएपछि ओली कार्यक्रममा नजाने भएका छन् ।