पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्यो, विदेशी नागरिकको मृत्यु

पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। आइतबार बिहान ११ बजेर १७ मिनेटमा फेवातालमा खसेका रोमानियाका नागरिक इडीइकेडीको मृत्यु भएको हो।