मुस्ताङमा तुलाचन र गौचनबीच प्रतिस्पर्धा

हिमाली जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र रहेकोमा चार जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा नेकपा प्रेम प्रसाद तुलाचन, कांग्रेसका योगेश गौचन थकाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रवीण कुमार शेरचन र  राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ रहेका छन् । यो जिल्लामा एमाले र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताइएको छ ।