‘भगवत् गीता’ मा सुहानाका लागि हिरोको खोजी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म हो ‘भगवत् गीता’ । प्रेमकथामा बन्ने सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा मुख्य भुमिकामा अभिनेत्री सुहाना थापा रहनेछिन् ।  फिल्मका लागि अभिनेत्री सुहानाको जोडीका खोजी सुरु भएको छ ।निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार (हिरो) को आवश्यकता भन्दै अडिसन खुल्ला गरेको हो । यस अगाडि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो । तर पारिश्रमिकमा कुरा नमिल्दा अहिले फिल्म युनिटले नायकको खोजी सुरु गरेको हो ।फिल्मका लागि