सप्तरी – सप्तरीको महादेवा गाउँपालिकाले कामै नभएका योजना तथा कार्यक्रमका लागि लाखौँ रुपैयाँ पेश्की दिएको छ । यसरी पेश्की रकम दिएर भ्रष्टाचार र अनियमितता भएको स्थानियबासिन्दाले आरोप लगाएका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा जनता आवास कार्यक्रम अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रमबापत ९० जना विपन्न नागरिकलाई जस्ताको छाप्रो भएको घर निर्माणका लागि सशर्त अनुदानमा विनियोजित ६८ लाख ५० हजार रुपैयाँ कुनै पनि विपन्नलाई वितरण नगरी फरफारक प्रकृयामा पुगेको छ ।
यस्तो काममा संलग्नलाई कानुनी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुस...