थाइल्याण्डमा पढे माछापालन, गाउँमा सुरु गरे व्यवसाय

थाइल्याण्डमा एक्वाकल्चर (माछापालन) अध्ययन गरेर नेपाल फर्किएका उर्लाबारी–७ का ३० वर्षीय प्रतीक खड्गी दिनभर माछासँगै रमाउनु हुन्छ । उर्लाबारी बजारबाट सात किलोमिटर उत्तरमा प्रतीककको पुख्र्यौली घर र जमीन छ । त्यही धान खेतलाई मासेर प्रतीकले अहिले कुमोरी एग्रो फर्म सञ्चालन गरिरहनु भएको छ । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिए पनि प्रतीकले मत्स्यपालन ब्यवसायलाई रोज्नु भएको छ ।