अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ । बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको हो। वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत गर्दै बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्लबले सराहनीय काम गरेको बताए।…