काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १,०१,८३९ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ९४,९०९ होम आइसोलेसनमा र ६,९३० संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ३७,९२६ होम आइसोलेसनमा र २,५७१ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,४४४ जना आईसीयूमा र ३९८ जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ८३१ जना क्वारेन्टाइनमा छन्।