काठमाडौं – पटक–पटक गर्भ खेर जाने समस्याबाट हैरान धरानका एक दम्पत्ति उपचारका लागि काठमाडौंका धेरै अस्पताल धाए । तर, पैसा र समयको खर्च मात्रै हातमा लाग्यो, समस्या समाधान भएन । धरान फर्किन भन्दा अगाडी उनीहरु त्रिवि शिक्षण अस्पताल पुगे । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. सुनिता बज्राचर्यासँग भेटेर परीक्षण गर्दा श्रीमानको क्रोमोजोममा समस्या देखियो। […]