काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा लेख्दै आफुले राजीनामा दिने बताएउनुभएको हो । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताउनुभएको छ । नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहकाे आरोप छ ।