कपिलवस्तुमा युवतीको शव फेला : हत्या आशङ्कामा श्रीमान् र ससुरा पक्राउ

कपिलवस्तुमा  गाडेको अवस्थामा एउटी २० वर्षीया युवतीको  शव उत्खनन गरी त्यहाँको प्रहरीले शुक्रवार पोस्टमार्टम  गर्न अस्पताल पठाएको छ ।  जिल्लाको यसोधारा गाउँपालिका–८, सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव प्रहरीले उत्खनन गरेको हो ।उनको हत्या गरी गाडेको आशङ्कामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय  अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको  त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसीले जानकारी दिए ।  उनका अनुसार म