ललितपुर महानगरमा आजदेखि ’बुस्टर डोज’

काठमाडौं : ललितपुर महानगरपालिकाले आजदेखि कोरोना विरुद्ध खोपको बुस्टर डोज दिने भएको छ। महानगरपालिकाका अनुसार आजदेखि तीन दिन अग्रपंक्तिमा खटिनेहरुलाई खोप लगाइनेछ। स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिकफोहोर संकलन सरसफाइकर्मी, एम्बुलेन्स शव बाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, संचारकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई बुस्टर डोज दिइने महानगरपालिकाले जनाएको छ। खोप कार्यक्रम विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनेछ। दुवै डोज खोप लगाएको ६ महिना