प्रतिनिधिसभाको शून्य समय : प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणदेखि सशस्त्रको बढुवामा सांसदहरुको प्रश्न

नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाल सम्पती शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताएका छन् । मंगलवार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताएका हुन् ।उनले नेपाललाई सम्पती शुद्धीकरणको  कालोसूचीमा पर्न नदिन सरकारले के-के काम गरिरहेको छ त्यसबारेमा संसदलाई जानकारी गराउन माग गरे । उनले सम्पती शुद्धीकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल