युरोपमा मङ्कीपक्सका सङ्क्रमितको सङ्ख्या बृद्धि, विषेश सतर्कता अपनाउन आह्वान

युरोपेली मुलुकहरुमा पछिल्लो समय मङ्कीपक्सबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढ्दै गएको छ ।  युरोपेली स्वास्थ्य अधिकारीहरुले मङ्कीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।  सङ्क्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ । यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको  प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ । मङ्कीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरिरमा बिमिरा तथा फोका आउने, घाउ