मधेस प्रदेशः बजेट ३३ अर्ब हाराहारीको हुने, विपन्नलाई जीवन निर्वाह खर्च दिने तयारी

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षमा ३३ अर्ब ६९ करोड रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा पनि सोही आकारको बजेट ल्याउने आन्तरिक तयारी गरेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बताए ।मधेस सरकारले ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ पठाएर बजेट निर्माण सुरु गरिसकेको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यस पटक पनि सबैभन्दा बढी बजेट छुट्याउने भएको छ । अघिल्लो पटक प्रदे