काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको समय तोकिएको छ । मनोनयनको अघिल्लो दिन महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन एमालेको बैठक बसेको हो ।