३.६ बिलियन डलरको बिटक्वाइन र फर्म चलाइरहेका दुई दक्षिण अफ्रिकी भाइहरू गायब

एजेन्सी। दक्षिण अफ्रीकामा एक क्रिप्टोकरेन्सी लगानी फर्म अफ्रीक्रिप्ट कम्पनीबाट ३.६ बिलियन डलरको बिटक्वाइन र फर्म चलाइरहेका दुई भाइहरू गायब भएपछि यो घटना विश्वव्यापी जाँचको घेरामा परेको छ। यसअघि दुई महिना पहिले दुई भाइहरूले फर्म ह्याक भएको दाबी गरेका थिए। उनीहरुले कम्पनीको वालेटमा रहेको ३.६ बिलियनको डिजिटल मुद्रा जोखिममा पर्न सक्ने बताएका क्रिप्टोकरेन्सी लगानीकर्तालाई प्रहरीमा रिपोर्ट गर्नबाट पनि बञ्चित गरेका थिए।