सल्यान : सल्यानका आधा दर्जनभन्दा बढी विद्यालय भवन वर्षौंदेखि अलपत्र परेका छन्। बजेट अभावमा निर्माणाधीन अलपत्र रहेका अधिकांश भवन जीर्ण हुन थालेका छन्।जिल्लाको त्रिवेणी गाउँपालिका-१ काभ्रास्थित जनता माविको चारकोठे भवन, दार्मा गाउँपालिकाको फारुला बहुमुखी क्याम्पस भवन, दार्मा-१ मा रहेको राष्ट्रिय मावि, दार्मा-४ मा रहेको नव सर्वसाधारण आधारभूत विद्यालय र वडा नम्बर ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयको भवन वर्षौंदेखि अलपत्र परेका हुन्। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित क्रमाग