प्रतिस्पर्धी फितलो नहोस् भनेर मेरो उम्मेदवारी : नमिता न्यौपाने

विराटनगर : माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले विराटनगर महानगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। पाँचदलीय सत्तागठबन्धनको भागबन्डामा मेयरमा कांग्रेस र उपमेयरमा जनता समाजवादी पार्टीको भाग परेको छ। कांग्रेसबाट प्रमुखका लागि नागेश कोइराला र उपप्रमुखमा जसपाबाट अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएसँगै गठबन्धन इमान्दार नभएको भन्दै उनले सोमबार साँझ उम्मेदवारी दर्ता गराएकी हुन्। मेयर, उपमेयरमा गठबन्धन भए पनि विराटनगरको अन्य वडामा गठबन्धन भएको छैन।महानगरमा मात्रै गठबन्धन