काठमाडौँ : सरकारले नागरिकता विधेयकलाई राजनीतिक विषय बनाएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ। सरकार चार वर्षदेखि संसद्मा अड्किएको विधेयक पारित गरेर निकास दिनुपर्नेमा अर्को विधेयक ल्याएर थप एक डेढ वर्ष अलमल्याउन खोजेको एमाले सांसद शेरबहादुर तामाङले टिप्पणी गरेका छन्। 'तीन वर्ष लामो छलफल गरेर एउटा सहमतिमा पुगिसकेको विधेयक फिर्ता लिएर सरकारले फेरि एक डेढ वर्ष अलमल्याउने प्रयास गरेको छ'‚ उनले थाहा खबरसँग भने, 'विधेयक फिर्ता लिने विषयमा पनि हाम्रो आपत्ति थि