लुम्बिनीमा सदनको अल्झन सुल्झाउन नसक्दा स्थगित प्रदेश सभाको बैठक सरेको सर्यै भएको छ ।
नयाँ सरकार बनेसँगै भदौ १ गतेबाट प्रदेशसभाको नवौं अधिवेशन शुरू भएको थियो । सोही बैठकबाटै नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारीमा थिए ।
तर, प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडानमा छ ।
स्वतन्त्र राजनीतिक समूहमा रही सूर्य चिह्नबाट निर्वाचित विनाविभागीय मन्त्री अजय शाही र नेकपाबाट न...