पोखरामा एक पुरुष मृत भेटिए

पोखरामा एक ब्यक्तिको शव खोलामा तैरिएको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका २३ स्थित हर्पन खोलामा कार्कीको तगरा माझथुम बस्ने नारायणप्रसाद अधिकारी पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको हुन ।सोमबार राती करिब साढे १० बजे साथीहरूसँग नयाँ बस्तीस्थित एक रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा ४४ वर्षीय अधिकारी बेपत्ता भएका थिए । अधिकारी हराएको प्रहरीलाई खबर गरिएपछि खोजी कार्यका लागि उक्त स्थानमा खटिएको प्रहरी टोलीले रहमा तैरिरहेको अवस्थामा शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्य