काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु दशैँ मनाउन घर फर्किएसँगै सहर बजार सुनसान भएकाे छ । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर घर फर्किएसँगै गाउँघरमा भने चहलपहल बढेको छ।
सधैँजसो ट्राफिक जामले भरिने काठमाण्डाै उपत्यकाका सडक अहिले सुनसान भएका छन् । सडकमा हिँडडुल गर्ने मानिस र गाडी फाट्टफुट्ट मात्रै देखिएका छन् भने पसलहरु प्रायः बन्द छन् ।
काठमाण्डाैमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु ...