मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी बिहीवार मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते भएका उनलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो ।
अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई न्यूरो अस्पताल विराटनगरमा सिफारिश गरेको थियो । न्यूरोमै उपचारका क्रममा उनको बिहीवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक झा सवार मे२प २५२५ नम्बरको मोटरसाइकलले भद्रपुरबाट चन्द्रगढीतर्फ जाँ...