२५ फागुन, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । उक्त समारोहमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो । यसअघि सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत […]