युरोपियन युनियनद्वारा रुसी नागरिकलाई भिसा दिन कडाइ

युरोपियन युनियन (ईयू) का विदेश मन्त्रीहरू रुससँगको भिसा सम्झौता निलम्बन गर्न सहमत भएका छन् । योसँगै रुसी नागरिकलाई युरोपेली मुलुकहरूमा प्रवेश पाउन असहज हुने भएको छ । युक्रेनलगायत केही राष्ट्रहरूले रुसमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरे पनि फ्रान्स र जर्मनी त्यसको विपक्षमा उभिएका थिए । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेयता लाखौँ रुसी नागरिकहरूले युरोपको यात्रा गरेका छन् ।रुससँग सीमा जोडिएका अन्य युरोपेली मुलुकहरूले थप प्रतिबन्ध लगाउन सक्ने अपेक्षा गरिएको छ । रुसका उप विदेशमन्त