छरितो सेवा प्रदान गर्ने सरकारको नीति अनुरुप वीर अस्पतालले अनलाइन टिकट, टोकन सिस्टम लागु गरेपनि बिरामीको चाप नघटेपछि काउन्टर विस्तार गरेको वीर अस्पतालका निर्देशक डा.दिलिम शर्माले बताए ।
सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएका राजदुतहरू हाल हाजिरीमा सीमित छन्। वर्तमान सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरूलाई कात्तिक २० गतेदेखि परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको थियो।
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरकेडी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको छ। सम्मानित यो कम्पनिले रियल स्टेट कारोबार गर्दै आएको छ।