काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यमाथि गरिएको कारवाहीको सूचनालाई तत्काल अघि बढाउन सभामुखलाई दबाब दिएको छ । मंगलवार कारवाही सिफारिस गरे पनि सभामुखले प्रक्रियामा अघि नबढाएको भन्दै एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले बुधवार सभामुख अग्नि सापकोटासँग भेट्न खोज्दा समय पाएका थिएनन् । सापकोटा र भट्टराईबीच टेलिफोनमा कुराकानी हुँदा सभामुखले आफूले अध्ययन […]