लामो समय पछि सुरु भएको भारतीय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मूल्य घटेको छ। सरकारले निर्धारण गरेको धानको मूल्य भने घोषणामै सीमित भएको छ। महँगो बिउ,र मलखाद खरिद गरि उब्जाएको धानको उचित मूल्य नपाउँदा किसानहरु कम मूल्यमै बिक्री गर्न बाध्य भएका छन । यस सिजनमा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतीय धान आयात सुरुभए पछि प्रती क्विन्टल ३०० र मसिनो धनमा प्रति क्विन्टल २०० को दरले भाउ घटेको स्थानीय ब्यापारीहरुले बताएका छन् । भारतीय धानको आयात हुनु अघि रौतहटमा भदै